मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबिच विवाद

सर्लाही, २१ फागुन । सर्लाही जिल्लाको बलरा नगरपालिकास्थित मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबिच विवाद हुँदा स्थिति तनावपूर्ण बनेको छ ।
नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबिच बिहानैदेखि शुरू भएको सामान्य भनाभनले उग्र रूप लिँदा दुवै पक्षबिच ढुंगामुढा भएको हो । विवादका कारण मतदाताहरूमाझ त्रास फैलिएको थियो ।
झडपका कारण करिब आधा घण्टासम्म मतदान प्रक्रिया पूर्ण रूपमा स्थगित भएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका उच्च अधिकारीहरू घटनास्थल पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि अहिले अवस्था सामान्य बनेको छ र मतदान पुनः शुरू गरिएको छ ।
सम्बन्धित पोस्टहरुः