वीरगंज , २१ फागुन –
रौतहट–२ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार किरण कुमार साहले पार्टी छोड्ने घोषणा गरेका छन्। बिहीबार दिउँसो फेसबुक लाइभमार्फत उनले पार्टीका प्रतिनिधि र खटिएका कार्यकर्तालाई फिर्ता बोलाएका छन्।
साहका अनुसार, “जेनजी आन्दोलनपछि विषम परिस्थितिमा यो निर्वाचन भइरहेको छ। बहुसंख्यक हिन्दु क्षेत्रबाट जित्ने अवस्था हुँदाहुँदै पनि पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल निरिह रहेकाले म पार्टी छोड्ने निर्णय गरेको छु।”
साथै उनले धाँधली भएको स्थानमा पुनः मतदान नगरेसम्म मतगणनामा सहभागी नहुने बताएका छन्। साह २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका थिए, त्यसपछि एमाले प्रवेश गरेका थिए र हाल फेरि नेकपामा प्रवेश गरेर उम्मेदवारी दिएका थिए।









