पर्सामा शान्तिपूर्ण निर्वाचन सकियो

वीरगंज, २१ फागुन। पर्सा जिल्लामा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पर्सामा कुल ३ लाख ७३ हजार ५१३ मतदाता रहेको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी गराए।
घण्टाघर टिभी डटकमसँग कुराकानी गर्दै उनले पर्साको कुल मतदानको संख्या र प्रतिशत केही बेरमा जानकारी गराउने उनले बताए।
पर्सा निर्वाचन क्षेत्र १ नं. क्षेत्रमा ९९ हजार ६३८, २ मा ९५१२०, ३ मा ९६५४२, ४ मा ९५२१३ मतदाताहरु रहेको जनाइएको छ।
सम्बन्धित पोस्टहरुः