वीरगंज, २१ फागुन।
पर्साको मतदान सकिएपछि मतपेटिका सिल गरी ढुवानी गरेर मतगणना स्थलमा पुर्याउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, पर्साले जनाएको छ।
पर्साको १ देखि ४ सम्म कुल १६७ मतदानस्थलमा ४४१ मतदानकेन्द्र रहेका छन् र पर्साको एक र दुई निर्वाचन क्षेत्रको निर्वाचन क्षेत्रको ठाकुर राम बहुमुखी क्याम्पसमा र ३ र ४ को पोखरिया उच्चांगल माविमा हुने भएकोले मतपेटिका ढुवानी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी गराए। सुरक्षाकर्मीको कडा निगरानीमा मतपेटिकाहरु मतदान केन्द्रबाट मतगणनास्थलमा पु–याउने काम भइरहेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी गराए।









