वीरगंज , २२ फागुन –
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिजो भएको मतदानको मतगणना सुरु भएको छ।
केही निर्वाचन क्षेत्रमा गएरातिदेखि मतगणना सुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि गणना कार्य अघि बढाइएको छ।
अहिलेसम्म २७ वटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २३ क्षेत्रमा अग्रता लिएको बताइएको छ। अन्य दलका उम्मेदवार पनि केही क्षेत्रमा प्रतिस्पर्धामा रहेका छन्।











