वीरगंज, २२ फागुन –
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता लिएको छ।
हालसम्मको प्रारम्भिक मतपरिणामअनुसार रास्वपा ५२ निर्वाचन क्षेत्रमा अगाडि रहेको छ।
त्यस्तै नेपाली कांग्रेस ५ क्षेत्रमा, नेकपा एमाले ४ क्षेत्रमा र नेपाली कम्युनिस्ट पार्टी ३ क्षेत्रमा अग्रता कायम गरिरहेका छन्।
देशभर विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ भने थप परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन आयोगले जनाएको छ।









