वीरगंज , २३ फागुन –
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सिंहले ९ हजार ३७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५ हजार ८ सय २८ मत ल्याएका छन्, जसअनुसार उनी ३ हजार २ सय ९ मतले पछाडि परेका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले १ हजार ४ सय २२ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका राकेश मिश्रले ४ सय ६८ मत पाएका छन्। मतगणना कार्य भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।








