वीरगंज , २३ फागुन –
फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा जारी रहेको छ। हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘घण्टी’ चुनाव चिह्न सबै क्षेत्रमा अग्रस्थानमा देखिएको छ।
पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार हरि पन्तले १९ हजार २९३ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका प्रदीप यादवले ९ हजार २०२ मतसहित पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका अनिल रुंगटा ८ हजार ११६ मतसहित तेस्रो स्थानमा रहेका छन्।
यस्तै पर्सा–२ मा रास्वपाका सुशील साह कानुले २१ हजार २८२ मत प्राप्त गरेका छन्। नेकपा एमालेकी रिमा कुमारी यादव ८ हजार २५ मतसहित दोस्रो स्थानमा छिन् भने नेपाली कांग्रेसका अजय चौरसिया ८ हजार २२८ मतसहित पछ्याइरहेका छन्।
पर्सा–३ मा रास्वपाका रमाकान्त चौरसियाले १० हजार ८३८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सुरेन्द्र चौधरी ५ हजार १ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका रुपेश पाण्डे ३ हजार ८९७ मतसहित तेस्रो स्थानमा रहेका छन्।
पर्सा–४ मा रास्वपाका टेकबहादुर साक्यले ९ हजार ५४९ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका जालिम मियाँ १ हजार ५९० मत र नेपाली कांग्रेसका रमेश रिजाल ३ हजार २१४ मतसहित प्रतिस्पर्धामा छन्।
मतगणना कार्य अझै जारी रहेको र थप परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।








