रौतहट –१ मा रास्वपाका चौधरी विजयी

रौतहट, २३ फागुन । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजेश चौधरी १८२५३ मतको फराकिलो अन्तरबाट विजयी भएका छन् ।

रास्वपा उम्मेदवार चौधरीले २८९४६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका अजयकुमार गुप्ता १०६९३ मत प्राप्त गर्न सकेका हुन् । गुप्ता दुई पटक संविधानसभा र दुईपटक प्रतिनिधि सभाको निर्वाचनमा गरेर चारपटक पराजित भइसकेका छन् ।
यस क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका हाल नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झा ८५७४ मत प्राप्त गरेर तेश्रो र नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपाल ७६६९ मत प्राप्त गरी चौथो स्थानमा चित्त बुझाउनु परेको छ ।
मुख्य निर्वाचन अधिकारी मनोज केसीले रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ८ हजार ७२६ मतदाता मध्ये ७१ हजार १५६ मत खसेको जसमा ५ हजार १०३ मत बदर भई ६६ हजार ५३ मत सदर भएको बताए ।
विजयी उम्मेदवार चौधरीलाई मुख्य निर्वाचन अधिकारी केसीले प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेर कार्यकाल सफल भवं जनमुखी बनोस भने बधाइ तथा शुभकामना दिए ।
रास्वपा उम्मेदवार चौधरीले वरिष्ठ नेता बालेन्द्र शाहले गरेको सम्पूर्ण वाचा क्रमशः पुरा गर्दै मुलुकलाई भ्रष्टाचार, अनियमितता मुक्त बनाई सुखी र समृद्ध बनाउने अभियानमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित पोस्टहरुः