वीरगंज, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको पूर्वी चम्पारण जिल्लामा ‘१०० दिवसीय बाल विवाह मुक्त भारत’ अभियान आयोजना गरिएको छ ।
हरैया गाउँँमा काली सेना भाजपा महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीको उपस्थितिमा तथा प्रयास जुवेनाइल एड सेन्टर पूर्वी चम्पारणकी जिल्ला परियोजना समन्वयक आरती कुमारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
बाल विवाह विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको ‘बाल विवाह मुक्ति रथ’ले जिल्लाका विभिन्न गाउँ तथा शहरमा पुगेर अभियानलाई तीव्रता दिएको छ। ३० दिनसम्म सञ्चालन भएको यात्रामा रथले करिब २,४४५ किलोमिटर दूरी पार गर्दै २१५ गाउँँमा पुगेर करिब २ लाख ४५ हजार जनसंख्यालाई बाल विवाहविरूद्धको अभियानमा सहभागी गराएको आयोजकले जनाएको छ।

भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयको पहलमा सञ्चालन गरिएको १०० दिवसीय गहन जागरूकता अभियान अन्तर्गत देशभरका ४३९ जिल्लामा ‘बाल विवाह मुक्ति रथ’ परिचालन गरिएको हो। पूर्वी चम्पारणमा सांसद डा. संजय जायसवाल, विधायक प्रमोद कुमार सिन्हा, रक्सौलका अनुमण्डल पदाधिकारी मनीष कुमार, अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्द लगायतका अधिकारीहरूले रथलाई हरियो झण्डा देखाएर अभियान शुरू गरेका थिए।
कार्यक्रममा जिल्ला परियोजना समन्वयक आरती कुमारीले बाल विवाहलाई सामाजिक कुप्रथा मात्र नभई कानुनी रूपमा दण्डनीय अपराध भएको बताइन। उनले बाल विवाहले बालिकाको स्वास्थ्य, शिक्षा र भविष्यमा गम्भीर असर पार्ने भएकाले यसलाई अन्त्य गर्न सबैको सहभागीता आवश्यक रहेको उल्लेख गरिन।

अभियान तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा विद्यालय तथा शैक्षिक संस्थाहरूमा जागरूकता कार्यक्रम गरिएको थियो भने दोस्रो चरणमा धर्मगुरूहरूलाई विवाह अघि उमेर जाँच गर्न र बाल विवाह नगर्न आग्रह गरिएको थियो। साथै विवाहमा सेवा दिने क्याटरर, सजावट व्यवसायी, बैंक्वेट हल सञ्चालक, ब्यान्ड तथा घोडी सेवा प्रदायकहरूलाई पनि बाल विवाहमा सहयोग नगर्न अनुरोध गरिएको थियो।