सप्तरी–२ मा राउत पराजित, रास्वपाका यादव निर्वाचित

वीरगंज , २४ फागुन –

जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट प्रतिनिधिसभा चुनावमा पराजित भएका छन्। उनलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव २८ हजार ४०४ मतसहित निर्वाचित भएका हुन्।

जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादव १४ हजार २६३ मतसहित दोस्रो स्थानमा रहँदा राउत ९ हजार ८८० मतसहित तेस्रो स्थानमा सीमित भएका छन्।

जनमत पार्टीबाट फुटेर बनेको स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहले ३ हजार ५५७ मत प्राप्त गरेका छन्। उनी यसअघि जनमत पार्टीकै तर्फबाट मधेश प्रदेशका मुख्यमन्त्री बनेका थिए।

यस्तै, नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले १ हजार १२० र मोहम्मद जियाउन रहमानले ८८३ मत प्राप्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः