मधेसमा रास्वपाको भारी बहुमत, परम्परागत मधेसवादी दल पराजित

२०६३–०६४ को मधेस जनबिद्रोहबाट उदाएका मधेसवादी दलहरू जेनजी आन्दोलन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट यसपटक अप्रत्याशित पराजय भोगेका छन्। मधेसका ३२ सीटमध्ये कुनै पनि मधेसवादी दलले जित हासिल गर्न सकेनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३० भन्दा बढी सीटमा जीत हात पारेको छ।

जनता समाजवादी पार्टीका संयोजक उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, शरतसिंह भण्डारी, राजकिशोर यादव र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो जस्ता नेताहरू आफ्नै गृहजिल्लामा पराजित भएका छन्। यसले मधेसको राजनीतिक मनोविज्ञानमा ठूलो परिवर्तन आएको संकेत देखाउँछ।

विश्लेषकहरूले चुनावी परिणामलाई मधेसमा पुराना दलप्रति बढ्दो असन्तुष्टि र युवापुस्ताको नयाँ विकल्प खोजीसँग जोडेर विश्लेषण गरेका छन्। मधेसमा रास्वपाले केन्द्रित युवा नेतृत्व र ‘अमकी बार, बालेन सरकार’ नाराले मतदातामा व्यापक प्रभाव पारेको देखिएको छ।

रास्वपाको विजयी नतिजासँगै मधेसको राजनीतिक नक्सामा ठूला परिवर्तन आउने, संघीय र प्रदेश स्तरको शक्ति सन्तुलनमा नयाँ समीकरण बनाउने संकेत देखिएको विश्लेषकहरूले बताएका छन्। मधेसवादी दलका नेताहरूले भने, चुनाव मात्र हारेको हो, पार्टी र एजेन्डा अझै जीवित रहेको दाबी गरेका छन्।

सम्बन्धित पोस्टहरुः