प्रत्यक्षतर्फ १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाको १२४ सिट

वीरगंज , २५ फागुन –

गएको बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ।

अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ सिट जित्दै देशभर स्पष्ट अग्रता बनाएको छ। नेपाली कांग्रेसले १७ सिट, नेकपा एमालेले ८ सिट र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ सिट जितेका छन्।

यसैबीच भदौको नवयुवा आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट हात पारेको छ। एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

अहिले मतगणना जारी रहेका क्षेत्रमध्ये गोरखा–१ मा रास्वपाका सुदन गुरुङ, इलाम–१ मा कांग्रेसका निश्कल राई र सङ्खुवासभा–१ मा एमालेका अर्जुनकुमार कार्की अग्रस्थानमा रहेका छन्।

यता धनुषा–१ मा रास्वपाको उम्मेदवारी खारेज भएकाले सो क्षेत्रको मतपरिणामलाई निर्वाचन आयोगले औपचारिक विवरणमा समावेश गरेको छैन।

सम्बन्धित पोस्टहरुः