समानुपातिकतर्फ रास्वपाको झन्डै आधा मत

वीरगंज , २५ फागुन –

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ७५ लाखभन्दा बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै आधा मत प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म ७६ लाख १२ हजार ७६२ मत गणना भएको छ। यसमध्ये रास्वपाले ३६ लाख ४४ हजार ४०२ मत अर्थात् करिब ४८.५ प्रतिशत मत प्राप्त गरेको छ।

यसैगरी नेपाली कांग्रेसले १२ लाख २८ हजार ९२५ मत पाएको छ भने नेकपा एमालेले १० लाख ३८ हजार ३३५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ३३ हजार ७०३ मत प्राप्त गरेका छन्।

अन्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ५६ हजार ८३८ मत पाएको छ। श्रम संस्कृति पार्टीले २ लाख ३९ हजार १० मत ल्याएको छ भने जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ८ हजार १३२ मत प्राप्त गरेको छ।

यसपटक प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब १ करोड १० लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित पोस्टहरुः