भारतले लगातार दोस्रो पटक टी–२० विश्वकप जित्यो

वीरगंज २६ फागुन —

भारतीय क्रिकेट टोलीले न्युजिल्याण्डलाई हराउँदै लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ। फागुन २४ गते अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारतले न्युजिल्याण्डमाथि ९६ रनले स्पष्ट जित निकाल्दै विश्वकप उपाधि आफ्नो नाम गरेकाले प्रतियोगितामा आफ्नो प्रभुत्व कायम गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा न्युजिल्याण्डको टोली १५९ रनमा अलआउट भएपछि भारतले स्पष्ट जीत हात पार्यो। जसप्रीत बुमराहले सर्वाधिक चार विकेट लिए भने अक्षर पटेलले तीन विकेट थपे।

यो भारतको तेस्रो टी–२० विश्वकप उपाधि हो, जसअघि सन् २००७ र २०२४ मा जितेको थियो।

सम्बन्धित पोस्टहरुः