वीरगंज , २६ फागुन —
गएको बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण १६५ निर्वाचन क्षेत्रको प्रत्यक्ष मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिटमा जीत हासिल गरेको छ भने समानुपातिकमा हालसम्म ५०३६८१० मत पाएको छ ।
अन्य दलको प्रत्यक्ष र समानुपातिक नतिजा यसप्रकार छ:
• नेपाली कांग्रेस : प्रत्यक्ष १८ सिट, समानुपातिक १७०६७२६ मत
• नेकपा एमाले : प्रत्यक्ष ९ सिट, समानुपातिक १४२३५६२ मत
• नेपाली कम्युनिष्ट पार्टी (नेकपा) : प्रत्यक्ष ८ सिट, समानुपातिक ७७५६०६ मत
• श्रम संस्कृति पार्टी : प्रत्यक्ष ३ सिट, समानुपातिक ३६४९८४ मत
• राष्ट्रिय प्रजातन्त्र पार्टी : प्रत्यक्ष १ सिट, समानुपातिक ३२६४४१ मत
• स्वतन्त्र उम्मेदवार : १ प्रत्यक्ष सिट
समानुपातिक मत गणना अहिलेसम्म जारी रहेको छ। रास्वपाको स्पष्ट बहुमतसँगै नयाँ सरकार गठन प्रक्रिया संविधान अनुसार अघि बढ्ने अनुमान छ।








