स्वदेशी उद्योगलाई अत्यावश्यक औषधि उत्पादन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

वीरगंज , २६ फागुन –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधि पूर्ण रूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ।

मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासका अनुसार हाल नेपालमा औषधिको आन्तरिक उत्पादन कुल मागको ४०–५० प्रतिशत मात्र धानिरहेको छ। उनले उद्योगीहरूलाई गुणस्तरमा सम्झौता नगरी उत्पादन विस्तार गर्न, सामाजिक उत्तरदायित्वअनुसार सुलभ मूल्यमा उपलब्ध गराउन आग्रह गरेका छन्।

डा. दासले भने, “गुणस्तरीय औषधि उत्पादन गर्छौँ, आपूर्ति महाशाखाले किन्छ पनि, तर बाहिर गुणस्तरहीन भएको भ्रम फैलन्छ। यसलाई रोक्न सञ्चार र जनचेतना जरुरी छ।”

स्वदेशी औषधि उत्पादन बढाउँदा गाउँ–सहरसम्म आपूर्ति सहज हुने र स्वास्थ्य बीमा कार्यक्रममार्फत सहज खपत हुने मन्त्रालयको विश्वास छ।

सम्बन्धित पोस्टहरुः