समारोहमा प्रमुख महिला सामाजिक कार्यकर्ता तथा शिक्षाविद्हरूले आफ्ना प्रेरक विचार र अनुभवहरू साझा गर्नुभएको थियो। कार्यक्रमका वक्ताहरूले महिलाहरूले हालसम्म हासिल गरेका ऐतिहासिक उपलब्धिहरूको चर्चा गर्दै अझै पनि उनीहरूका सामु रहेका विद्यमान चुनौतीहरू र त्यसलाई चिर्ने उपायहरूका बारेमा प्रकाश पार्नुभयो।
कार्यक्रमलाई थप आकर्षक बनाउन वीरगञ्जस्थित ज्ञानदा एकेडेमी र रक्सौलको शारदा कला केन्द्रका छात्राहरूले विशेष सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। ती प्रस्तुतिहरूले नेपाल र भारतबीचको गहिरो र साझा सांस्कृतिक विरासतलाई सुन्दर ढंगले चित्रण गरेका थिए।
सो अवसरमा सम्बोधन गर्दै महावाणिज्य दूत श्री देवी सहाय मीनाले समाज र राष्ट्रको चौतर्फी विकासमा महिलाहरूले पुर्याएको अमूल्य योगदानको उच्च प्रशंसा गर्नुभयो। “महिला सशक्तीकरण नै राष्ट्रको समृद्धि र मानव समुदायको शक्तिको मुख्य आधार हो,” उहाँले भन्नुभयो।
लैंगिक समानताको प्रवद्र्धन गर्ने, महिलाका सफलतालाई पहिचान दिने र एउटा समावेशी एवं न्यायसंगत समाज निर्माणका लागि सामूहिक कार्यलाई प्रोत्साहन गर्ने मूल उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ। कार्यक्रमको अन्त्यमा आयोजनाका केही झलकहरू समेत सार्वजनिक गरिएको थियो।








