वीरगंज , २७ फागुन –
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। सार्वजनिक गरिएको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ।
रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट प्राप्त गरेको छ। नेपाली कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८ सिट जितेको छ भने नेकपा एमालेले प्रत्यक्ष ९ र समानुपातिक १६ गरी २५ सिट हासिल गरेको छ।
त्यस्तै नेकपाले प्रत्यक्ष ७ र समानुपातिक ९ गरी १६ सिट प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीले ३ प्रत्यक्ष र ४ समानुपातिक गरी ७ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ प्रत्यक्ष र ४ समानुपातिक गरी ५ सिट प्राप्त गरेको छ।
यस परिणामसँगै प्रतिनिधिसभामा दलहरूको शक्ति सन्तुलन स्पष्ट भएको छ भने आगामी सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल तीव्र हुने अपेक्षा गरिएको छ।








