एजेन्सी , २८ फागुन –
इरानका खेलकुद मन्त्री अहमद डोन्यामालीले आफ्नो देशका खेलाडीहरूको सुरक्षा सुनिश्चित नहुने भन्दै सन् २०२६ को विश्वकपमा सहभागिता जनाउन नसक्ने बताउनुभएको छ।
उनका अनुसार प्रतियोगिताको सह–आयोजक अमेरिकाले इजरायलसँग मिलेर गरेको हवाई आक्रमणपछि यस्तो निर्णय लिन बाध्य भएको हो।
विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ। इरान समूह ‘जी’ मा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँगै रहेको छ।
इरानी खेलकुद सङ्घ र विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारे अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।









