राष्ट्रिय लिगमा आर्मीलाई हराउँदै एपीएफ शीर्षस्थानमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २९ फागुन

राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दशरथ रंगशालामा हिजो भएको खेलमा एपीएफका लागि सबिन गुरुङले खेलको ७६औँ मिनेटमा निर्णायक गोल गरेका हुन्।

यो जितसँगै एपीएफले १० खेलबाट २४ अंक जोडेको छ। २२ अंक रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा झरेको छ भने १० खेलमा २० अंकसहित आर्मी तेस्रो स्थानमै रहेको छ।

यस्तै हिजै भएका अन्य खेलमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई २–१ गोलले हराएको छ भने सङ्कटा क्लबले श्री भगवती क्लबलाई १–० गोलले पराजित गरेको छ।

सम्बन्धित पोस्टहरुः