‘द हन्ड्रेड’ अक्सनमा सन्दीपलाई कुनै टोलीले लिएन

वीरगंज , २९ फागुन –

इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने कुनै पनि टोलीबाट अनुबन्धित हुन सकेनन्।

सन्दीपले विदेशी खेलाडी (अन्य) श्रेणीमा ३१ हजार पाउन्ड आधार मूल्यसहित नाम दर्ता गराएका थिए। तर विदेशी खेलाडीको कोटा भरिँदासम्म उनको नाम अक्सन प्रक्रियामा नआएको बताइएको छ।

अन्तिम चरणमा टोलीहरूलाई खेलाडी छनोट गर्ने अवसर दिइए पनि उनलाई कुनै फ्रेन्चाइजले अनुबन्ध गर्न चासो देखाएन।

यसअघि सन् २०२१ मा सन्दीप ओभल इन्भिन्सिबल्सबाट १ लाख पाउन्डमा अनुबन्ध भएका थिए, तर उनले प्रतियोगितामा खेल्ने अवसर भने पाएका थिएनन्।

सन्दीपले आईपीएल, बिग ब्यास लिग, बंगलादेश प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगजस्ता विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगितामा भने खेलिसकेका छन्।

सम्बन्धित पोस्टहरुः