विश्व सिख वातावरण दिवस: वीरगंजमा वृक्षारोपण

वीरगंज , ३० फागुन –

वीरगंज–४ स्थित ऐतिहासिक त्रिजुद्ध विद्यालय परिसरमा विश्व सिख वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम श्री गुरुनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा गरिएको हो।

प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको अध्यक्षता तथा वरिष्ठ समाजसेवी वेदप्रकाश गर्गको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, शिक्षक, सञ्चारकर्मी र विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले विद्यालय परिसरमा निम, गुलमोहर, जामुन, अमला, कागतीलगायत विभिन्न प्रजातिका १०१ वटा बिरुवा रोपेका थिए। सो अवसरमा वातावरण संरक्षणका लागि वृक्षारोपण र सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

सम्बन्धित पोस्टहरुः