पञ्चरत्न महादेव मन्दिरको प्राङ्गणमा सरसफाइ

पर्सा। नेपाल प्रहरी को समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ स्थित पञ्चरत्न महादेव मन्दिरको प्राङ्गणमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जस्वन्त यादव तथा प्रहरी निरीक्षक समुन्नत अधिकारी को सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा मन्दिर परिसर तथा आसपासका क्षेत्र सरसफाइ गरी स्वच्छ वातावरण कायम राख्ने सन्देश दिइएको थियो। समुदाय र प्रहरीबीच सहकार्य मजबुत बनाउँदै शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
सरसफाइ कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा प्रहरी कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। यस्तो कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
सम्बन्धित पोस्टहरुः