मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा, ३० फागुनः यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रीवाहक माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
सहीद लखन गाउँँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् ।
माइक्रोमा १३ जना यात्री सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो ।
सम्बन्धित पोस्टहरुः