११ वर्षपछि बङ्गलादेशले पाकिस्तानसँगको एकदिवसीय शृङ्खला जित्यो

वीरगंज , २ फागुन –

बङ्गलादेशले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खलामा २–१ को जित हासिल गरेको छ। ढाकामा भएको तेस्रो तथा अन्तिम खेलमा बङ्गलादेशले पाकिस्तानलाई ११ रनले पराजित गर्दै शृङ्खला आफ्नो पक्षमा पारेको हो।

बङ्गलादेशले दिएको २९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २७९ रन मात्र बनाउन सक्यो। पाकिस्तानका सलमान अली आग ले ९८ बलमा १०६ रन बनाए पनि टोलीको जीतका लागि पर्याप्त भएन। बङ्गलादेशका तास्किन अहमद ले ४ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो। बङ्गलादेशका तन्जिद हसन तमिम ले १०७ रन बनाए भने पाकिस्तानका हरिस रउफ ले ३ विकेट लिए।

शृङ्खलाको पहिलो खेल बङ्गलादेशले ८ विकेटले जितेको थियो भने दोस्रो खेल पाकिस्तानले डकवर्थ–लुइस नियमअनुसार १२८ रनले जितेको थियो। बङ्गलादेशले २०१५ पछि ११ वर्षपछि पाकिस्तानसँगको एकदिवसीय शृङ्खला जितेको हो।

सम्बन्धित पोस्टहरुः