पूर्वराष्ट्रपति डा रामवरण यादवद्वारा जनमत सदुपयोगको आह्वान

वीरगंज , ३ फागुन –

पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त नजिकको दुई तिहाइ जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउन प्रयोग गर्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको आज लोकार्पण समारोहमा डा यादवले युवाहरूको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र रास्वपाले त्यसलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित पोस्टहरुः