वीरगंज , ४ फागुन –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले देश परिवर्तनको जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको बताएका छन्। जनताले दिएको विश्वासलाई परिणाममा रूपान्तरण गर्न आग्रह गर्दै उनले ‘म’ केन्द्रित होइन, ‘देश’ केन्द्रित राजनीति गर्नुपर्नेमा जोड दिए।
उनले सांसदहरूलाई अनुशासन, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिँदै गुटबन्दी, स्वार्थ समूह र बिचौलियाबाट टाढा रहन चेतावनी दिए। जनताको अपेक्षा उच्च रहेको भन्दै अब बहाना नभई काममार्फत परिणाम दिनुपर्ने उनले स्पष्ट पारे।
सभापतिले सामाजिक न्यायलाई विकासको मुख्य सूचक मान्दै समावेशिता र सुशासनमा विशेष ध्यान दिनुपर्ने बताए। साथै, जनताको विश्वास जोगाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरे।









