वीरगंज, ४ फागुन –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्साको पकहाँ मैनपुर–१ की ३५ वर्षीया सुनिता कुमारी चौधरी समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार उनी मधेशी समावेशी कोटाबाट सांसद भएकी हुन्।
रास्वपाले पर्साबाट एक लाख ३६ हजार ८९३ मत प्राप्त गर्दा चौधरी एकमात्र समानुपातिक सांसद बन्न सफल भएकी छन्।









