फिल्म स्टार विजयको पार्टी एक्लै मैदानमा

वीरगंज, ४ फागुन –

फिल्म स्टारदेखि नेता बनेका थालापति विजयले तमिलनाडुको आगामी विधानसभा चुनावमा आफ्नो पार्टी एक्लै मैदानमा उतार्ने निर्णय गरेका छन्। पत्तिनपक्कममा आयोजित पार्टी बैठकमा उनले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनसँग कुनै पनि सहकार्य नगर्ने स्पष्ट पारेका छन्।

उनी उम्मेदवारहरूको सूची चाँडै सार्वजनिक हुने र आफ्नै रूपमा तमिलनाडु भ्रमण गरेर पार्टीलाई बलियो बनाउने बताए। यसअघि भाजपाले करिब ६० सिट र उपमुख्यमन्त्री पदको प्रस्ताव गरेको थियो, तर विजयको आधा कार्यकाल मुख्यमन्त्री बन्ने माग अस्वीकृत भएपछि वार्ता भंग भएको थियो।

अब तमिलनाडुमा द्रविड मुनेत्र कडगम गठबन्धन, अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम–भाजपा गठबन्धन, विजयको तमिलगा वेत्त्री कजगम र नाम तमिलर काची बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

सम्बन्धित पोस्टहरुः