पोखरिया–६ का एकजना बिरामीलाई ह्वीलचेयर प्रदान

पोखरिया, ४ चैत । पोखरिया नगरपालिका वडा नं. ६ अन्तर्गत श्रीसिया टोलमा एक जना बिरामीलाई ह्वीलचेयर प्रदान गरिएको छ। उक्त सहयोग “क्वीन ज्वैलर्स काठमाडौं” को सहकार्यमा गरिएको हो।

उपकार सेवा नेपालका अध्यक्ष विद्या कुमारी सरावगी, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन समानी तथा रूस्तम मियाँले बिरामीको घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो।
प्रदान गरिएको ह्वीलचेयरले बिरामीको दैनिकी सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, यस प्रकारको मानवीय सेवाले समाजमा सहयोग र सहकार्यको भावना अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित पोस्टहरुः