सीमा क्षेत्रमा रु ६ लाखभन्दा बढीका यौनवर्धक तथा गर्भनिरोधक अवैध औषधि बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्जले ठूलो परिमाणमा अवैध औषधि बरामद गरेको छ। यात्रुवाहक बसमार्फत काठमाडौँतर्फ लैजाँदै गरिएको अवस्थामा करिब रु ६ लाख २६ हजार मूल्य बराबरका विभिन्न प्रकारका औषधि नियन्त्रणमा लिइएको हो।

गएराति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा सवारी जाँचका क्रममा उक्त औषधिहरू फेला पारेको हो। जाँचका क्रममा बिलविजक नभएका सिल्डिनाफिल ट्याब्लेट २,१०१ पत्ता, प्रेगआउट किट २६७ पत्ता तथा एरोसल स्प्रे १२५ वटा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै औषधिहरू आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी विकास अधिकारीले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः