वीरगंज , ५ फागुन –
चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दशैँअन्तर्गत नवरात्र सुरु गरिएको छ। यस अवसरमा हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना आरम्भ गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ७ः५१ बजे घटस्थापनाको उत्तम साइत रहेको थियो र उत्तर फर्केर घटस्थापना गर्नुपर्ने निर्देश दिइएको छ।
नवरात्रका अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा पूजाआराधनाका लागि भक्तजनको भीड लाग्ने गरेको छ। शास्त्रीय मान्यताअनुसार वर्षमा चार नवरात्र पर्ने भए पनि आषाढ र पौष शुक्ल पक्षका नवरात्रलाई लुप्त नवरात्रका रूपमा लिइन्छ।









