वीरगंज, ५ फागुन –
वीरगंजको घण्टाघरमा भेला भएका कानुनका विद्यार्थीहरूले जेन्जी आन्दोलनका घटनाको छानबिन गर्न गठित सुशीला कार्की नेतृत्वको ‘कार्की आयोग’ को प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै अन्तरिम सरकारले प्रतिवेदन लुकाउन खोजेको आरोप लगाएका छन्। उनीहरूले ‘कार्की आयोगको प्रतिवेदन खोई?’ र ‘सत्यतथ्य सार्वजनिक गर’ जस्ता नारा लगाउँदै नयाँ सरकार गठन हुनुअघि दोषी र घटनाका मुख्य योजनाकारहरूको पहिचान बाहिर ल्याउनुपर्ने माग राखेका छन्।
प्रदर्शनकारीहरूको तर्क छ कि आन्दोलनमा ज्यान जोखिममा पार्ने र भौतिक संरचना नष्ट गर्न उक्साउने तत्वहरू पहिचान गर्न प्रतिवेदन सार्वजनिक हुनु अनिवार्य छ। माग सम्बोधन नभए कडा आन्दोलन सुरु गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।









