मध्यपूर्व युद्ध ऊर्जा संकटमा परिणत, तेल मूल्य प्रति ब्यारेल १०० डलर नाघ्यो

वीरगञ्ज, ५ फागुन –

इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा सुरु भएको युद्ध अब ऊर्जा युद्धको स्वरूप लिएको छ। इजरायली वायुसेनाले इरानका प्रमुख तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेपछि इरानले खाडीका देशहरूमा तेल ढुवानी र प्रशोधन पूर्वाधारमाथि जवाफी हमला शुरू गरेको छ।

इरानले होर्मुज जलमार्ग बन्द गरेपछि विश्व बजारमा प्रतिदिन झन्डै २ करोड ब्यारेल तेलको आपूर्ति अवरुद्ध भएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार यो इतिहासकै ठूलो तेल आपूर्ति अवरोध हो। कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ, सन् २०२२ मा रुस–युक्रेन युद्ध सुरू भएयताकै उच्च स्तरमा पुगेको छ।

आपूर्ति सङ्कट व्यवस्थापन गर्न ३२ सदस्य देशले रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने निर्णय गरेका छन्, तर विशेषज्ञहरूले यसले सङ्कटको सानो हिस्सा मात्र पूर्ति गर्न सक्ने बताउँछन्।

विशेषज्ञहरूको भनाइ अनुसार इरानले सैन्य प्रतिस्पर्धामा अमेरिका र इजरायलसँग टक्कर दिन नसक्ने भएकाले ऊर्जा र व्यापार पूर्वाधारलाई हतियारको रूपमा प्रयोग गरेर युद्धको प्रभाव अन्तर्राष्ट्रिय स्तरमा फैलाउने रणनीति अपनाएको छ। यसले विश्व आर्थिक वृद्धि घटाउने र मुद्रास्फीति बढाउने जोखिम बढाएको छ।

सम्बन्धित पोस्टहरुः