वीरगंज , ५ फागुन –
हप्ताको अन्तिम कारोवारमा शेयर बजार उच्च अङ्कले बढेको छ। नेप्से परिसूचक आज ६४.६७ अङ्कले बढेर २८७७.०२ विन्दुमा पुगेको छ।
आज सबै समूहको शेयर मूल्य बढ्दा विकास बैंक समूह सबैभन्दा बढी ३.९५ प्रतिशतले उकालो लागेको छ। २४० कम्पनीको शेयर बढेको, २२ कम्पनी घटेको भने २ कम्पनीको शेयर स्थिर रह्यो।
कर्पोरेट विकास बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढ्दा नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर ५.१२ प्रतिशतले ओरालो लागेको छ।
आज बजारमा ३४२ कम्पनीका ५ करोड ६९ लाख कित्ता शेयर २१ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ। हिजोको १२ अर्ब ३ करोड रुपैयाँको कारोबारको तुलनामा आजको कारोबार उल्लेख्य रूपमा बढेको छ।









