।
पर्सा निर्बाचन क्षेत्र न-२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमान् बाट घरेलु हिंसामा परेर गम्भीर घाइते भएकी हरिकला लाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।
बिरगंज स्थित एलएस न्युरो अस्पतालमा उपचाररत हरिकला लाई बिहीबार भेट्दै सांसद कानुले स्वास्थ्य अवस्थाबारे पिडित महिला र उपचारमा संलग्न डाक्टर दुबै जना संग जानकारी लिए । उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह समेत गरे ।
भेटका क्रममा सांसद कानुले पीडितको उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै उपचार खर्चसमेत आफूले बेहोर्ने प्रतिबद्धता जनाए । “आफ्नो तलबबाट दिएर हुन्छ की अन्य कुनै माध्यमबाट हुन्छ तर उपचारको सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी मेरो हो,” उनले भने ।
घटना बखत उनी काठमाडौंमा रास्वपा बाट निर्बाचित सान्सद हरुको अभिमुखीकरण कार्यक्रममा रहेका थिए उनी काठमाडौ रहेता पनि पार्टीका प्रतिनिधि हरुलाई अस्पताल पठायर पीडितको अवस्था बारे बुझन लगायको बताउदै आज काठमाडौं बाट फर्किय लगतै अस्पताल आएर भेटघाट गरेकाे बताए ।
कानुले घटनाको विषयमा आफूले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकसँग पनि जानकारी लिँदै दोषी लाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको जानकारी दिए । “सामान्य घरायसी विवादका क्रममा हातखुट्टा बाँधेर श्रीमतीको खुट्टा काट्ने जस्तो अमानवीय अपराध गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ,” उनले भने ।
पर्सागढि नगरपालिका वडा न -३ बिरुवाचौक निवासी हरिकला लाई चैत्र १ गते आईतवार बिहान करिब सात बजे आफ्नै श्रीमानले हातमुख बाधी धारिलो हतियारले देब्रे खुट्टा काटिदियका थिए ।









