आगामी तीन दिन देशभर वर्षा, हिमपात र हावाहुरीको चेतावनी

वीरगंज , ५ फागुन –

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना भएको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रहरूमा भोलिदेखि ठूलो वर्षा र हिमपात हुन सक्ने अनुमान छ। हिमाली क्षेत्रमा चिसो बढ्ने भएकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्ज लगायत तराई क्षेत्रका केही जिल्लामा हावाहुरीको जोखिम छ। पर्सि पूर्वी क्षेत्रमा विराटनगर, धनकुटा र धरान आसपास ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। यसले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्छ।

सतर्कताका लागि प्राधिकरणले सुझाव दिएको छ– अनावश्यक यात्रा नगर्न, सुरक्षित ठाउँमा आश्रय लिन, घरका झ्याल–ढोका बन्द राख्न, आगो र ग्यास जस्ता स्रोत बन्द राख्न, हावाहुरीमा गाडी नचलाउन, भीडभाडमा भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जाने र कमजोर संरचना वा अग्ला रुख मुनी नबस्ने।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको नियमित पूर्वानुमान तथा आफ्ना आधिकारिक सूचना हेर्ने र पालन गर्नेमा सर्वसाधारणलाई जोड दिएको छ।

सम्बन्धित पोस्टहरुः