वीरगंज , ५ फागुन –
सर्वोच्च अदालतले पत्रकार रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको छ। न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गत २ माघमा भएका निर्णय पनि पेस गर्न निर्देशन दिएको हो।
गत पुस ३० मा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले लामिछानेको पक्षमा मात्र आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। तर, दुई दिनपछि २ माघमा अन्य आरोपितहरू समेत समेटिने गरी निर्णय गरिएको थियो।
सर्वोच्चमा पुस ३० को निर्णय मात्रै पेस भएको पाइएपछि न्यायाधीशद्वयले २ माघको निर्णय पनि झिकेर पेस गर्न आदेश दिएका हुन्। आदेश अनुसार, इजलासले रविको मुद्दा नहेर्न सक्ने भए पनि अन्य न्यायाधीश भएको इजलासले मुद्दा पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
यस आदेशपछि रवि लामिछानेको मुद्दाको सुनुवाइ केही दिन थप लम्बिन सक्ने देखिएको छ।








