इजरायल–इरान द्वन्द्व चर्किँदै, ऊर्जा क्षेत्रमा विश्वव्यापी असर

वीरगंज , ६ फागुन –

मध्यपूर्वमा इजरायल र इरान बीचको युद्ध थप चर्किँदै गएको छ। दुवै पक्षबाट आक्रमणको क्रम तीव्र बनेसँगै क्षेत्रीय सुरक्षामा गम्भीर चिन्ता बढेको छ।

इरानको सरकारी टेलिभिजनका अनुसार राजधानी तेहरानतर्फ हिजो चार चरणमा मिसाइल प्रहार भएको छ। यस्तै साउदी अरेबिया र बहराइन ले आफ्नो आकाशमा आएका ड्रोनहरू अवरोध गरी नष्ट गरेको जनाएका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघची ले पूर्वाधारमा थप आक्रमण भए कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्। उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ले इरानको साउथ पार्स ग्यास क्षेत्रमा इजरायलले एक्लै आक्रमण गरेको दाबी गरेका छन्।

यस द्वन्द्वको प्रत्यक्ष असर ऊर्जा क्षेत्रमा देखिएको छ। कतारस्थित विश्वकै ठूलो ग्यास उद्योगमा आक्रमण भएपछि बेलायत र युरोपमा ग्यासको मूल्य तीव्र रूपमा बढेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल ११९ अमेरिकी डलर नाघेको छ।

विश्लेषकहरूका अनुसार विश्वकै महत्वपूर्ण ऊर्जा क्षेत्रमा भइरहेको आक्रमणले दीर्घकालीन रूपमा आपूर्ति र मूल्यमा असर पार्न सक्छ। बढ्दो तनावबीच विभिन्न देशहरूले कूटनीतिक पहलमार्फत द्वन्द्व कम गर्ने प्रयास थालेका छन्।

सम्बन्धित पोस्टहरुः