वीरगंज ,६ फागुन –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा आउँदो १३ गते नयाँ सरकार गठन हुने भएको छ। पार्टीको शीर्ष तहको बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा शपथ गराउने निर्णय गरेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। चुनावअघि नै पार्टीले बालेन्द्र शाह लाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।
संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम तय गरेको छ। त्यसपछि बस्ने रास्वपा केन्द्रीय समितिको बैठकले बालेन्द्र शाह लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ।
यससँगै रास्वपाले बहुमतको आधारमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया अघि बढाएको छ।









