वीरगंज, ६ चैत । अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको टोलीले गीतामन्दिर क्षेत्रमा रहेका होटलहरु अनुगमन गर्ने क्रममा चारजना व्यवसायीलाई कुल २५ हजार जरिवाना गरेको छ।
निरीक्षणको क्रममा केही व्यवसायीले मूल्यसूची नदेखाउनु, आवश्यक कागजात अद्यावधिक नगर्नु र सरसफाइ मापदण्ड पालना नगर्नु जस्ता कमजोरी देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिई जरिवाना गरिएको हो। होटल व्यवसायीहरूलाई उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य सेवा उपलब्ध गराउन सचेत गराउँदै मापदण्ड पालना नगर्ने भए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।
फुड गार्डेन, लक्ष्मी सेकुवा होटल, नेवा सेकुवा पस र सोखिन मस्म सेन्टरको निरीक्षण गर्ने क्रममा टोलीले खाद्य स्वच्छता, भान्सा क्षेत्रको सरसफाइ, खाद्य सामग्री भण्डारण, पानीको गुणस्तर र कर्मचारीको व्यक्तिगत सरसफाइमा ध्यान नदिएको भन्दै कुल रु २५ हजार जरिवाना गरेको छ ।
निरीक्षणको क्रममा केही व्यवसायीले मूल्यसूची नदेखाउनु, आवश्यक कागजात अद्यावधिक नगर्नु र सरसफाइ मापदण्ड पालना नगर्नु जस्ता कमजोरी देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिई जरिवाना गरिएको हो। होटल व्यवसायीहरूलाई उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य सेवा उपलब्ध गराउन सचेत गराउँदै मापदण्ड पालना नगर्ने भए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।
अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका मधुलेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका श्रवण कुमार साह, जिल्ला प्रशासन कार्यालयका ब्रह्मदेव यादव, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, वीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामबाबू प्रसाद यादव र अभिलाष गुप्ता सहभागी थिए।