वीरगंज, ६ चैत । चलचित्र पत्रकार संघ नेपाल, पर्साले प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद (हरि) पन्तको सम्मान गरेको छ ।
शुक्रवार संघका अध्यक्ष सूर्यनारायण विकलगायतले वीरगंजमा एक कार्यक्रमका आयोजना गरी नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पन्तको सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हुनुका साथै नेपाली चलचित्र ‘राजनीति’ र ‘मेला’ का निर्माता समेत रहेकोले उनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले पन्तले चलचित्रको साथै पर्सा जिल्लाको पर्यटन प्रवद्र्धनमा सक्रिय रहेको बताएका थिए ।
सांसद पन्तले आफू सांसदका रूपमा नीतिगत र संरचनागत तहमा पहल गर्दै क्षेत्रको समग्र विकासमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए। उनले आफू होटल र पर्यटन व्यवसायीसँगै चलचित्र निर्माता भएको उल्लेख गर्दै आफनो क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा कार्यसमिति सदस्य जय यादव, सचिव रन्जित यादव, सदस्य सन्तोष कुशवाहा र अखिल पटेललगायतको सहभागिता थियो ।