गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

वीरगंज , ७ फागुन –

चारपटक प्रधानमन्त्री बनेका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

२०६६ चैत ७ गते निमोनियाका कारण निधन भएका कोइरालाले माओवादी जनयुद्ध अन्त्य गरी देशमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रको कदमविरुद्ध भएको जनआन्दोलनको नेतृत्व उनी नै गरेका थिए।

कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापना हुँदै राजाको अधिकार कटौती गरी सीमित आलङ्कारिक राजाको व्यवस्था गरिएको थियो। उनले माओवादी जनसेनाको समायोजन र संविधानसभा निर्वाचन सम्पन्न गराउँदै नेपालको संविधान निर्माणमा निर्णायक भूमिका खेलेका थिए।

उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे शाह वंशीय राजसंस्था समाप्त भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो।

आज स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, उसका भ्रातृ संस्थाहरू र शुभेच्छुक संस्थाले कोइरालाको योगदान सम्झदै विविध कार्यक्रम आयोजना गरेका छन्।

सम्बन्धित पोस्टहरुः