पर्सामा पनि हर्षोल्लासका साथ इद उल फित्र मनाइँदै

वीरगंज, ७ फागुन –

देशभरका मुस्लिम समुदायसँगै पर्सामा पनि आज इद उल फित्र पर्व हर्षोल्लासका साथ मनाइँदैछ। बिहान मुस्लिम धर्मावलम्बीहरू इदगाह र मस्जिदमा गई विशेष नमाज अदा गरेका छन्।

पर्साको वीरगंज, पोखरिया, बहुदरमाई लगायतका स्थानमा विशेष उत्साहका साथ इद मनाइएको छ। नमाजपछि मुस्लिम समुदायले एकअर्कालाई अङ्गालो हालेर इदको शुभकामना आदानप्रदान गरेका छन्।

इदका अवसरमा घरघरमा सेवई, खजुर लगायतका परिकार बनाएर आफन्त र पाहुनालाई सत्कार गर्ने परम्परा रहेको छ। यस दिन दीनदुःखीलाई दान दिने, ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने चलन पनि रहेको छ।

एक महिनासम्म रोजा बसेपछि मनाइने इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ। यस पर्वले आपसी सद्भाव, सहयोग र भाइचाराको सन्देश दिने विश्वास रहेको छ।

सम्बन्धित पोस्टहरुः