वीरगंज ,७ फागुन –
वीरगंजको ऐतिहासिक एवं धार्मिक धरोहर गहवा माई मन्दिर परिसरमा यस वर्ष पनि भव्य महाआरती आयोजना गरिने भएको छ। चैत्र १३ गते शुक्रबार साझँ ६ बजेदेखि मन्दिर अगाडि विशेष कार्यक्रम सञ्चालन गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेलको अध्यक्षतामा भएको बैठकले महाआरतीलाई व्यवस्थित गर्न उप-समिति गठन गरेको छ। समितिका अन्य सदस्यहरूले समेत बैठकमा पूर्ण सहभागिता जनाएका थिए।
बैठकमा आमन्त्रित व्यक्तित्वहरूले राम नवमीको अवसरमा मन्दिरको आध्यात्मिक पक्ष र वृहत्तर विकासबारे छलफल गरेका थिए। समितिका सचिव लक्ष्मी नारायण गुप्ताले सम्पूर्ण वीरगंजवासी तथा श्रद्धालु भक्तजनहरूलाई महाआरतीमा सहभागी भएर पुण्य कमाउन हार्दिक निमन्त्रणा गरेका छन्।









