इरान युद्ध अन्त्यको संकेतपछि कच्चा तेलको मूल्य घट्यो

वीरगंज, ७ फागुन –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ले इरानसँगको युद्ध छिट्टै अन्त्य हुन सक्ने संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा अमेरिका विचार गरिरहेको बताएका छन्। उनले इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गको सुरक्षा अन्य देशहरूले सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिसकेको छ।

यसअघि इजरायलका प्रधानमन्त्री नेतान्याहूले इरानविरुद्धको युद्ध धेरैले अनुमान गरेभन्दा छिट्टै समाप्त हुने बताएका थिए। उनीहरूको यस अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेको हो।

हाल कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १०० अमेरिकी डलर आसपास रहेको छ। यसअघि युद्धका कारण तेलको मूल्य प्रति ब्यारेल ११९ डलरसम्म पुगेको थियो। होर्मुज जलमार्ग प्रभावित भएपछि ग्यासको मूल्य भने अझै उच्च रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित पोस्टहरुः