बारामा दाजुभाइबीच झगडा, दुई जना घाइते

वीरगंज, ७ फागुन । बारा जिल्लाको कलैया उपमहानगरपालिका–२०, बसतपुरमा दाजुभाइबीच भएको झगडामा  दुई जना घाइते भएका छन्।

रामजन्म साह तेली र उनका दाजु रामईश्वर साह तेलीको घर परिवारबीच बाटोमा फूल लत्रिएको विषयलाई लिएर विवाद हुँदा झगडा भएको प्रहरीले जनाएको छ। शनिवार बिहान करिब ८ः३० बजे भएको घटनामा रामईश्वर साहको छोरा जयनारायणले घरेलु हतियार प्रयोग गरी कुटपिट गर्दा रामजन्म साहकी श्रीमती ५५ वर्षीया घुइली देवी र छोरी १५ वर्षीया राधिका कुमारी घाइते भएका छन् ।

घाइते दुवै जनाको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। उनीहरूलाई बिहान करिब १० बजे वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी चौकी बस्ततपुरले रामईश्वर साहका २४ वर्षीय छोरा जयनारायण साह तेलीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ।

जयनारायण आज बिहान करिब ८ बजे बाहिरबाट घर आएको रामजन्म साहकी माइली छोरी सिन्धु साहले जानकारी दिएकी छन् ।
घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित पोस्टहरुः