वीरगंज , चैत ९ –
नेपाली कांग्रेस का केन्द्रीय सदस्यहरूले गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबारे फरक–फरक धारणा व्यक्त गरेका छन्। शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले पराजयका विभिन्न कारण औँल्याएका हुन्।
बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य जगत जोशीले निर्वाचनको मुखैमा बिबिसीले सार्वजनिक गरेको भिडियोका कारण जनमत प्रभावित हुँदा पार्टीले पराजय व्यहोर्नु परेको बताएका छन्। जेनजी आन्दोलनसम्बन्धी उक्त भिडियोले जनतामा नकारात्मक प्रभाव पारेको उनको भनाइ थियो।
त्यस्तै केन्द्रीय सदस्य विनीता खड्काले जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा जलेको पैसासम्बन्धी बाहिरिएका भिडियोका कारण पार्टीको छविमा नकारात्मक असर परेको बताइन्। निर्वाचन प्रचारका क्रममा जनताले सोही विषय उठाउने गरेको र त्यसले मत प्रभावित भएको उनले बताइन्।
केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले निर्वाचन पराजयका कारण, पार्टी संगठनको अवस्था तथा आगामी रणनीतिबारे छलफल जारी रहेको जनाइएको









