नेपोभिटका सञ्चालकले भने–‘टाइल्स बनाउन खेतको माटो किनेर उद्योग सम्म ल्याउन सकिएन’

1200x150_1200x150-01.jpg (1)

वीरगंज
बाराको जितपुरसिमरा उपमहानगरं–८ मा सञ्चािलत नेपाल सेरामिक इन्डष्ट्रिज प्रालीको आयोजनामा शनिबार ‘आफ्नै माटो–आफ्नै शान’ स्लोगन राखेर अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उद्योग परिसरमा आयोजना भएको कार्यक्रममा नेपोभिट टाईल्सले नेपालमै टाइल्स उत्पादन गरी बिदेश निर्यात गर्न सकिने बताइएको थियो । उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारले कार्यक्रममा बोल्दै उनले नेपाली टाइल्स विदेशमा निकासी गर्ने उद्योग भएकोले सरकारी नीतिमा सुधारको लागि ध्यान दिनु आवश्यक रहेको बताए ।
नेपालमै कच्चा पदार्थको पहिचान गरी देशवासीलाई सस्तो मूल्यमा टाईल्स उपलब्ध गराउने उद्देश्य रहेको रौनियारले चर्चा गर्दै उद्योग दिगो रुपमा सञ्चालनमा रहयो भने विदेश पलायन हुने कामदारलाई स्वदेशमै रोजगारी दिन सकिने बताए । ‘नेपालका कामदार बिदेश गएर दुख गरेर काम गर्छन् तर यहि नेपालकै कम्पनीमा काम गर्नू भन्दा राजनीति गर्ने र उद्योगले प्रदृुषण फैलाएर भन्दै बन्द गराउने परिपाटी छ,यसलाई राज्यले रोक्नुपर्छ,’उनले भने ।
स्थापनाको पहिलो वर्षमै नेपोभिट टाईल्स्ले एक सय भन्दा धेरै स्थानीय वासिन्दालाई प्रत्यक्ष रोजगार प्रदान गर्नुका साथै देशभर ५ सय भन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरेको प्रबन्ध निर्देशक रौनियारको भनाई थियो ।
तीन तहका सरकार,प्रहरी–प्रसासनका कारण खेतको माटो किनेर उद्योग सम्म ल्याउन पनि निकै समस्या हुने गरेको उनले जानकारी गराए । बाराका सुरक्षाअधिकारी,जनप्रतिनिधि एवं उद्योगी व्यवसायी सहभागी रहेको कार्यक्रममा प्रबन्ध निर्देशक रौनियारले भने,‘राज्यले मात्रै भनेको देशमा विदेश निकासी गर्ने उत्पादनमुलक उद्योग लगाउनु पर्छ,तर कच्चा पदार्थको जोहोको लागि खोइ नीति बनाएको,हाम्रो उद्योगको लागि आवश्यक पर्ने माटो आफनै देशबाट किनेर ल्याउन पनि सकिएको छैन,धेरै बाधा अवरोध सृजना भइरहेको छ ।’
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी लगायत सुरक्षा निकायका प्रमुख एवम् उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरुः